Rule 66C2
निकासी वा पैठारी सङ्केत नम्बर आवश्यक नपर्नेः
यात्रुले ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी सूचना बमोजिमका मालवस्तु ल्याउन वा लैजान, एक पटकमा दश हजार रुपैयाँ मूल्यसम्मको मालवस्तु पैठारी गर्न वा दश लाख रुपैयाँ मूल्यसम्मको मालवस्तु निकासी गर्नका लागि निकासी वा पैठारी सङ्केत नम्बर आवश्यक पर्ने छैन ।
तर निकासी वा पैठारी सङ्केत नम्बर लिइसकेको व्यक्तिले जतिसुकै मूल्यको मालवस्तु निकासी वा पैठारी गर्दा अनिवार्य रुपमा निकासी वा पैठारी सङ्केत नम्बर उल्लेख गर्नु पर्नेछ।